हाम्रो बारे

प्रगतिशील महिला बिकास बहुउदेशीय सहकारी संस्था लि.

यस संस्थाको स्थापना २०५४ साल कात्तिक १० गते भएको हो l तत्कालिन महिला तथा बालबालिका कार्यालयबाट प्रबर्दन भै डिभिजन सहकारी कार्यालय भैरहवामा दर्ता न, १३५(२३४)/२०५४/०५५ कायम भई दर्ता भएको यस संस्थाले आफ्नो कार्यक्रम र कार्ययोजना बिस्तार गरि तिलोत्तमा नगरपालिका ७,८,९,१०,११,र १२ देवदह नगरपालिका ३,८ र ९ मा आफ्नो कार्यक्षेत्र बिस्तार गरिसकेको छ l हाल संस्थाले २३ ओटा इकाई उपसमिति संचालन गरि कारोबार गरेको छ l यो संथाले २७ औ बार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ l यस संस्थामा ७ जना कर्मचारी कार्यरत छन l संस्थाले मापदण्ड पुरा गरि स्थायी कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्द गरेको छ l संस्थाका शेयर सदस्यज्यूहरुलाई सहकारी ऐन र नियमावलीले व्यवस्था गरे बमोजिम शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोषबाट दिनुपर्ने सुविधाहरु निरन्तर प्रदान गर्दै आइरहेको छ l विकासकै चरण अन्तर्गत महिलाहरुबाट मात्र संचालित यस सहकारी संस्थाले आ. व. २०८१/०८२ मङ्सिर मसान्तसम्म २७९५ जना शेयर सदस्य र २०५४ जना बाल सदस्यको बिचमा संस्थाको कारोबार ३४,७६,२४,३४५/३६ (अक्षरुपी चौतिस करोड छयत्तर लाख चौबिस हजार तीन सय पैंतालिस रुपैया छत्तिस पैसा रुपैया मात्र ) हाराहारीमा पुगेको छ l बिभिन्न दातृ निकाय तथा स्थानीय सरकार लगायतको सम्पर्क समन्वय तथा सहयोगमा बिभिन्न बहुउद्देश्यीय काम गर्दै आइरहेको छ l

2795

सदस्य

33 C+

कुल कारोबार

26 C+

बचत

7

कर्मचारी

20 C+

लगानी(लरर)

संचालक समिती

    फोटो ग्यालरी